नेपाली क्यानेडियन सांस्कृतिक सम्पदा केन्द्र  

प्रश्नोत्तरी

 

नेपाली क्यानेडियन सांस्कृतिक सम्पदा केन्द्र के हो यसले के गर्द ?

नेपाली क्यानेडियन  सांस्कृतिक सम्पदा केन्द्र पहिलो पिंढिका नेपालिले भावी सन्ततिको प्रायोजनको लागि परिकल्पना गरिएको दीर्घकालिन परियोजना भन्ने बुझ्नु पर्दछ जसले यी तीनवटा पक्षलाई समेटेको : () अनुपम संरचनाहरु निर्माण गर्ने योजना, () केन्द्र अन्तर्गत समुदायद्वारा, समुदायका लागि सञ्चालन हुने सामुदायिक कार्यक्रमहरु, () नेपाली सांस्कृतिक सम्पदा केन्द्र स्थापना, निर्माण सञ्चालन गर्नका लागि सहयोगी हातहरु।

 

नेपाली सांस्कृतिक सम्पदा केन्द्र हामी एडमण्टन बासी नेपाली जनसमुदायको  मात्रै नभएर पूरै क्यानाडा बासी नेपाली मूलका जनसमुदायको स्वप्नकल्पित परियोजना हो। यो सांस्कृतिक सम्पदा केन्द्र हाम्रो सांस्कतिक पहिचानको एउटा धरोहर हुनेछ। यस सांस्कृतिक सम्पदा केन्द्रले सबै नेपाली मूलका जनसमुदायलाई आफ्नो संस्कृति रिति रिवाजलाई निर्विघ्न अभ्यास गर्न पाउने, बिदेशमा यसको प्रचाप्रसार तथा जगेर्ना गर्ने कार्यलाई अघि बढाउन अवसर प्रदान गर्ने छ।

नेपाली सांस्कृतिक सम्पदा केन्द्रले तलका उद्देश्यहरू लिएको : () हाम्रो सांस्कृतिक पहिचानलाइ ब्यापक बनाउन नेपाली कला संस्कृति झल्किने अनुपम नेपालीपनको संरचना निर्माण गर्ने, () नेपाली समुदायका आबाल, वृद्ध, बनिता सबैको शारिरीक मानसिक स्वस्थताका लागि जमघट हुने उपयुक्त भरपर्दो स्थान प्रदान गर्ने, () बढ्दो नेपाली समुदायका लागि आफ्ना कला, संस्कृति, भाषा, सम्पदा जगेर्ना गर्ने संवर्धन गर्ने खालका सबै कार्यक्रमहरु चलाउन उपयुक्त यथेष्ट स्थान प्रदान गर्ने, () नेपाली समुदाय दक्षिण एशियाली समुदायद्वारा गरिने विवाह, व्रतबन्ध जस्ता सामाजिक कार्यहरूका लागि विशेष सुबिधा भएको स्थान प्रदान गर्ने।

 

नेपाली सांस्कृतिक सम्पदा केन्द्रले कुन कुरालाई मुख्य आधार बनाएको ?

यो सांस्कृतिक सम्पदा केन्द्रले अहिलेको भावी नेपाली पुस्तालाई हाम्रो संस्कृति को संरक्षण सम्बर्धन गर्ने काममा स्वयं संलग्न हुन यो आफ्नैहो भनेर काम गर्न अभिप्रेरित गर्ने भन्ने लक्ष लिएको छ। साथै, यो सांस्कृतिक सम्पदा केन्द्रले भवनलाई मात्र नभई भावनालाई समेत समेटेको छ।

 

नेपाली सांस्कृतिक सम्पदा केन्द्र बनाउनु पर्छ भन्ने निर्णय कसरी भयो?

 

यो केन्द्र बनाउने योजनाको शुरुवात सन २०१६ मा नेकासेले बानाएको (Nepalese Cultural Committee) समितिबाट भएको हो । सो समितिले बिभिन्न बैकल्पिक परियोजनाहरुलाई २०१८ जनबारी/ मार्च मा Open House मा प्रस्तुत गरेको थियो । Open House मा गरेको मत सर्बेक्षणमा अत्यधिक जनसमुदायको नेपाली सांस्कृतिक सम्पदा केन्द्र बनाउनु पर्छ भन्ने सुझाब थियो । नेकासेको २०१८ AGM ले जनसमुदाय को सुझावलाई सहर्ष स्वीकार्दै  नेपाली सांस्कृतिक सम्पदा केन्द्र निर्माण गर्नकालागि नकासे कार्यकारिणी समितिलाई निर्देशन दिएको हो। सोही अनुसार नेपाली सांस्कृतिक सम्पदा केन्द्र समिति (NCCHC Committee) गठन गरिएको हो।

नेपाली सांस्कृतिक सम्पदा केन्द्रले कसरी सबै जनसमुदाय को मन जित्न सक्छ?

पहिलो कुरा, नेपाली सांस्कृतिक सम्पदा केन्द्र भवन मात्र होइन भावना पनि हो। जुन भावनाले हामीलाई एक सूत्रमा बाधेको , बिदेशमा पनि हाम्रो पहिचान दिलाएको छ। दोश्रो कुरा, सांस्कृतिक सम्पदा केन्द्र परियोजना सम्पन्न गर्ने अभियानमा प्रत्येक ब्यक्तिले आफ्नो गच्छे अनुसार योगदान गर्न सक्छन् सो योगदानले सबैमा परियोजना प्रति अपनत्व जगाउने छ। तेश्रो कुरा, नेपाली सांस्कृतिक सम्पदा केन्द्रले नेपाली मूलका प्रत्येक ब्यक्तिलाई यो केन्द्रलाई भरमग्दुर उपयोग गर्न ढोका खुल्ला गरेको छ। यस्तो खुल्ला स्वागत योग्य वातावरणले कसको मन नलोभिएला ?

 

नेपाली सांस्कृतिक सम्पदा केन्द्रले  संरचनामा कस्ता कस्ता विशेषता सुबिधालाई समेटेको ?

नेपाली साँस्कतिक सम्पदा केन्द्रको अनुपम संरचनालाई बाहिरबाट हेर्दा प्रख्यात नेपाली कालिगढीका प्रतिकहरु: शिवालय शैली (pagoda) स्तूप (dome) शैली देखिने छन। साथै विभिन्न उमेरका (आबाल, वृद्ध, बनिता, बयस्क) समूहलाई लक्षित सबै कार्यक्रमहरु सञ्चालन गर्न आधुनिक शैलीको सभास्थल पनि हुनेछ। सभास्थलालाई बहुप्रयोजन स्तरमा बनाइने छ। अनुपम संरचनाको भित्रि भागमा नेपाली कला, संस्कृति, रहनसहन, परम्परा, इतिहास झल्किने शिल्पाकृति कलाकृतिहरू राखिने छन्। अनुपम संरचनामा नेपाली भाषा सञ्चालन गर्ने कक्षा कोठा, कार्यालय कोठाहरू पनि हुनेछन्। साथै, हाम्रा रीतिरिवाज अनुसारका शुभ कार्यहरू (जस्तै: बिबाह, व्रतबन्ध) गर्न सजिलो गराउने सुविधाहरु पनि उपलब्ध हुनेछ।

 

के नेपाली सांस्कृतिक सम्पदा केन्द्रमा नित्य पूजा गर्नका लागि मन्दिर पनि हुने ?

नेपाली सांस्कृतिक सम्पदा केन्द्रमा नित्य पूजा गर्ने मन्दिर हुने छैन। तर बिबाह, व्रतबन्ध जस्ता शुभ कार्यहरू गर्नहुने सुविधा युक्त ठाउँ को साथै निश्चित धार्मिक पूजाहरु जस्तै: नवरात्री, शिवरात्री गर्न मिल्ने पूजास्थल (Worship Centre) को ब्यबस्था हुनेछ । कृया-पुत्री राख्न मिल्ने सम्भाबनालाई पनि अध्ययन गरिनेछ ।

 

हामीलाई यो परियोजनाका लागि कति ठूलो जग्गा चाहिन्छ? अनि त्यो जग्गा कसले कहाँ उपलब्ध गराउँछ?

नेपाली साँस्कतिक सम्पदा केन्द्र परियोजनाका लागि हामीलाई कम्तिमा २ (दुइ ) एकड जमीन चाहिन्छ। जमीन कहाँ र कति भन्ने कुरा City of Edmonton सँग हुने Funding Agreement ले तय गर्ने छ । City of Edmonton सँगको कुराकानी बाट उसले जमीन उपलब्ध गराउने प्रबल सम्भाबना छ।

 

अहिले सम्म नेपाली सांस्कृतिक सम्पदा केन्द्र परियोजनाका के के काम सम्पन्न भइसकेका छन् के के काम जारी छन्?

नेपाली साँस्कतिक सम्पदा केन्द्रको प्रगतिका कुरा गर्दा तीनवटा पक्षलाई मूल्याङ्कन गर्नु पर्छ: () नेपाली साँस्कतिक सम्पदा केन्द्र परियोजना, () अनुपम संरचना निर्माण योजना, () केन्द्र अन्तर्गत संचालित सामुदायिक कार्यक्रमहरू।

नेपाली साँस्कतिक सम्पदा केन्द्र परियोजना अहिले पनि योजना तर्जुमाको चरणमा छ। यस चरणमा अहिले सम्म परियोजनाको आकार स्वरूप बारेमा थाहा पाइसकिएको छ। परियोजना सम्पन्न गर्न लाग्ने लागतको  अनुमान लगाई सकिएको छ। साथै यो परियोजना कार्यान्वयन गर्दा आइपर्ने जोखिमहरू ती जोखिमहरू लाई न्यूनीकरण गर्नका लागि उपायहरू पनि निर्क्योल गरिसकिएको छ। यी सबै कुराहरु समेटेर Business Case तयार गर्ने कार्य अन्तिम चरणमा छ।


अनुपम संरचना निर्माणको कूल लागत अनुमान अहिलेलाई ८६ लाख डलर हो। प्रान्तीय केन्द्रीय सरकारलाई आर्थिक अनुदानका लागि आवेदन गरिएको छ। अहिले हामी प्रान्तीय सरकारको निर्णयको प्रतिक्षामा छौं। नेपाली साँस्कतिक सम्पदा केन्द्र परियोजनाको योजना तर्जुमा गर्न City of Edmonton लाई आर्थिक सहयोगका लागि आवेदन गरिएको थियो। City of Edmonton ले योजना तर्जुमा गर्न ४६,००० डलर (आधाआधा सहभागितामा) आर्थिक सहयोग स्वीकृत गरेको छ। सोही अनुसार संरचनाको आर्किटेक्चरल स्वरूप बनिसकेको छ।


यस्तै, यो केन्द्र अन्तर्गत सञ्चालन हुने कार्यक्रमहरु मध्ये अन्तिम संस्कार को ब्यबस्था कसरी गर्न सकिन्छ भन्ने कार्यको अध्ययन गर्नको लागि क्यानेडियन सरकारलाई २५,००० डलर को आवेदन गरिएको यसको नतिजा को प्रतीक्षा मा छौं। अन्य कार्यक्रमहरु पनि तयार हुने क्रममा छन्।

 

त्यत्रो ८६ लाख डलर नेपाली साँस्कतिक सम्पदा केन्द्रको संरचना निर्माणका लागि कसरी जुट्छ? के सरकारले पनि आर्थिक सहयोग गर्छ?

हामीले क्यानाडाका केन्द्रीय मन्त्री, अल्बर्टा प्रान्तका मन्त्रीहरू, तथा महानगरका पदाधिकारी कर्मचारीहरु संग पटक पटक वार्ता गर्यौं। वार्ताहरु गर्दा नै सरकारबाट आर्थिक अनुदान पाइन्छ भन्ने थाहा पायौं। सोही अनुसार कूल लागत को ७५ लाख केन्द्र सरकार, प्रान्तीय सरकार महानगर बाट प्राप्त हुने अपेक्षा गरेका छौं। महानगर ले उपलब्ध गराउने जग्गा पनि यही सरकारी अनुदान भित्र पर्दछ। बाँकी ११ लाख नेपाली मूलका जनसमुदाय ले ब्यहोर्नु पर्ने छ। अहिलेको NECASE को सम्पति पनि यसमा पर्दछ।


हामीले जनसमुदाय बाट बढी भन्दा बढी रकम कसरी प्राप्त गर्न सकिन्छ भन्ने कार्य योजना पनि तर्जुमा गर्दै छौं। एडमण्टनमा यो परियोजनाको लागि जनसमुदाय बाट अनुदान संकलन गर्ने कार्य शुरू भइ सकेको छ। हाल सम्म करिब सवा लाख डलर संकलन भइसकेको छ।

 

सरकारले  संरचना निर्माण गर्न अनुदान नै दिएन अथवा हामीले मागे जति को अनुदान दिएन भने परियोजना कसरी अगाडि बढ्छ ?

सरकारी अनुदानको बारेमा हामीले क्यानाडाका सरकारी पदाधिकारीहरु सँग छलफल गरेका हौं। छलफल भए अनुसार नै सरकारी अनुदान पाइन्छ भन्ने अपेक्षा   गरेका छौं। अनुदान पाउने कुरामा शंका छैन तर समयाबधी फरक पर्न सक्छ। केन्द्रको संरचना निर्माण कार्य सम्पन्न गर्न धेरै समय लाग्न सक्छ।


जुनसुकै परिस्थति आएपनि साँस्कतिक सम्पदा केन्द्रको संरचना निर्माण योजनालाई अगाडि बढाउनु पर्छ भनेर हरेक उपायहरूलाई खोजिनीति गरेका छौं। यस कार्यका लागि सबैको सहयोगको आशा गरेका छौं।

 

मलाई साँस्कतिक सम्पदा केन्द्र स्थापना संरचना निर्माण गर्ने भन्ने कुरा राम्रो लागेको तर मैले आर्थिक सहयोग किन गर्ने भन्ने कुरो चैं बुझेको छैन। मैले आर्थिक सहयोग गरे बापत के पाउँछु ?

पहिलो कुरा, साँस्कतिक सम्पदा केन्द्र एउटा बृहत योजना हो। यसको लागत नै धेरै छ। जसको निम्ति ठूलो सरकारी अनुदानको आवश्यकता छ। सरकारले शतप्रतिशत अनुदान दिँदैन जनसमुदाय बाट कूल लागतको केही अंश (matching fund) खोज्दछ। यसबाट सरकारले हाम्रो आर्थिक गच्छे एबं कार्य सम्पन्न गर्ने क्षमता मूल्याङ्कन गर्दछ। यसको असर सरकारले निर्धारण गर्ने आर्थिक अनुदानमा पर्दछ। त्यसैले हामीले संरचना निर्माणमा आर्थिक सहयोग गर्न जरुरी छ।

 

दोश्रो कुरा, अहिलेसम्म साँस्कतिक सम्पदा केन्द्र जस्तो परियोजना क्यानाडा भरि कुनै पनि नेपालीमूलको समुदायले सम्पन्न गरेको छैन। यस्तो महान कार्य सम्पन्न गर्ने अवसर हामी एडमण्टन बासी नेपाली समुदायले पाएका छौं। यो कार्य अहिले एडमण्टनमा भएन भने हाम्रा पुस्ताको पालासम्म अर्को पटक हुँदैन। यो सुनौला अवसर जिन्दगीमा एक पटक आएको छ। यस्तो सुनौला अबसरमा साँस्कतिक सम्पदा केन्द्र जस्तो परियोजनालाई यहाँले आर्थिक सहयोग गर्नुहोस। यहाँका सन्तान दर सन्तानले भविष्यमा! हाम्रा पुर्खाले यो एउटा चाहिं राम्रो काम गरेछन्भन्ने छन्। कि कसो?


तेश्रो कुरा, आर्थिक अनुदान गरे बापत साँस्कतिक सम्पदा केन्द्रले यहाँलाई याथायोग्य सम्मान गर्ने छ। जस्तै: केन्द्रको सदस्यताद्वारा सम्मान गर्नु।


यी माथि लेखिएका कारणहरुले यहाँको आर्थिक अनुदान अपरिहार्य छ।

 

मैले कति रकम दिनु पर्छ? कहिले दिनु पर्छ?

साँस्कतिक सम्पदा केन्द्र जस्तो महान कार्यका लागि जति रकम दिएपनि ठूलो सहयोग हुने छ। यदि तपाईं साँस्कतिक सम्पदा केन्द्रको सदस्य भई केन्द्रको संरचना निर्माण दीर्घकालीन सञ्चालन मा सहभागी हुन चाहनु हुन्छ भने तल लेखिएका कुनै पनि सदस्यता शुल्क बराबरको रकम दिन सक्नु हुन्छ: () संस्थापक सदस्यकम्तिमा $,५००, () ट्रस्टीकम्तिमा $,०००, () अभिभावककम्तिमा $१०,०००, () संरक्षककम्तिमा $२५,०००, () महान संरक्षककम्तिमा $५०,००० ।


तपाईं तपाईंको परिवारले संकल्प गरेको अनुदान रकम अहिले नै दिइहाल्नु  पर्छ भन्ने छैन। सरकारले मागेको बेलामा संरचना निर्माण गर्न शुरू गर्ने बेलामा दिए पनि हुन्छ। त्यसैले सजिलोको लागि किस्ता बन्दीमा अनुदान दिन पनि सक्नु हुन्छ। यदि यहाँले रकम दिई सक्नु भएको तर कथंकदाचित संरचना निर्माण नहुने भयो भने यहाँको रकम फिर्ता हुने छ।

 

मैले अहिले आर्थिक अनुदान दिने संकल्प (pledge) मात्रै गरेको छु। भोलि मेरो आर्थिक अवस्था परिवर्तन भयो भने के मैले कबोल गरेको रकम दिनै पर्छ?

हाम्रो जीवन सँधै एकनासको हुँदैन। जीवनमा उकाली ओरालीहरु आउँछन्। समयको साथसाथै आर्थिक अवस्था परिवर्तन हुँदाखेरी के गर्दा तपाईंलाई सजिलो हुन्छ त्यही अनुसारको निर्णय गर्नु उचित हुन्छ। नसक्ने अवस्थामा कबोल गरेको रकम अपुग हुन पनि सक्छ।

 

साँस्कतिक सम्पदा केन्द्र परियोजना कहिले सम्पन्न हुन्छ ?

संरचना निर्माणमा लाग्ने रकम जुटीसके पछि देखि वर्ष सम्ममा साँस्कतिक सम्पदा केन्द्रको संरचना निर्माण योजना सम्पन्न हुने छ। त्यसैले जति छोटो समयमा रकम जम्मा हुन्छ, त्यति नै छिटो संरचना निर्माण सम्पन्न हुन्छ। केन्द्र अन्तर्गत समुदायद्वारा सञ्चालन हुने समुदायकालागि सामुदायिक कार्यक्रमहरु शुरू भइसकेका छन् नयाँ कार्यक्रमहरु सञ्चालन भै रहने छन्।

 

साँस्कतिक सम्पदा केन्द्र परियोजना जस्तो महान कार्यमा कसरी संलग्न हुन सक्छु ?

यहाँ धेरै तरिकाले साँस्कतिक सम्पदा केन्द्र परियोजनामा संलग्न हुन सक्नु हुन्छ। जस्तै: () यस परियोजनाका राम्रा कुराको प्रचार गरेर, () आर्थिक रकम अनुदान गरेर, () Championing Committee को सदस्य बनेर, () Championing Committee द्वारा संचालित अर्थ संकलन कार्यको क्षेत्रगत प्रतिनिधि बनेर अर्थ संकलनमा सहयोग गरेर, () यहाँको ज्ञान शीप परियोजनामा लगाउन Community Resource Profile मा यहाँको नाम दर्ता गराएर  ।

 

यो Championing Committee भनेको के हो? के पनि यो कमिटीको सदय बन्न सक्छु?

Championing Committee समुदायका यस्ता ब्यक्तिहरुको समूह हो जसले यो परियोजनालाई दिलोज्यानले आफ्नो गच्छे अनुसारको ज्ञान, शीप, रकम दिएर लामो समयसम्म स्वयंसेवक बन्ने कटिबद्धता प्रकट गरेका छन्। यदि तपाईं पनि Championing Committee को सदस्य बन्न चाहनु हुन्छ भने यी तल लेखिएका कार्यहरू गर्नु पर्ने : () प्रत्येक हप्ता तपाईंको एक घण्टा समय परियोजनाको कार्यको लागि दिने, () परियोजना सम्पन्न गर्न रकम दिई सकेको वा दिने संकल्प गरेको, () अर्थ संकलन कार्यमा संलग्न भएको वा हुने दृढता प्रकट गरेको, () साँस्कतिक सम्पदा केन्द्र अन्तर्गत सञ्चालन हुने कार्यक्रमहरुलाई आफ्नो क्षमता अनुसार सहयोग गर्ने।

 

Championing Committee ले के के काम गर्दछ?

Championing Committee ले यी तल लेखिएका कार्यहरू गर्दछ: () साँस्कतिक सम्पदा केन्द्रको संरचना निर्माणको कूल लागत मध्ये हाम्रो समुदायमा परेको ११ लाख डलर उठाउन सहयोग गर्ने, () संरचना निर्माणका प्रारम्भिक योजना तर्जुमाको बेला देखि मुख्य निर्माण कार्यको बेला सम्मका कार्यहरूमा रणनीतिक सहयोग गर्ने, () परियोजना सञ्चालन हुँदा आई पर्ने जोखिमहरू लाई न्यूनीकरण गर्न सहायता गर्ने/मार्ग निर्देशन दिने, () परियोजना सम्बन्धी जानकारी जनसमुदाय सम्म पुर्याउने माध्यमको रूपमा काम गर्ने।

 

साँस्कतिक सम्पदा केन्द्र परियोजना बारेमा विस्तृत जानकारी कहाँ पाइन्छ?

साँस्कतिक सम्पदा केन्द्र परियोजना बारेमा विस्तृत जानकारी लिनका लागि परियोजना कार्यान्वयन समिति (NCCHC Committee) ले सञ्चालन गरेका कार्यक्रमहरु भाग लिनु होस्। परियोजनाका नयाँ नयाँ सूचनाका लागि ‘Nepalese-Heritage Centre Initiativeको Facebook का पाना पल्टाउनुस। अन्य जानकारीको लागि नेकासेको वेबसाइट –  www.necase.ca हेर्नुस।

(Visited 135 times, 1 visits today)